FAQs Complain Problems

इटहरी उप-महानगरपालिका कार्यालय को सूचना

सूचना । सूचना ।। सूचना ।।।

नेपाल सरकार (मन्त्री स्तर) को मिति २०७२।०४।२९ को निर्णयानुसार स्वीकृत वस्ती विकास शहरी योजना तथा भवन निर्माण सम्वन्धि आधारभुत मार्गदर्शन २०७२, अनुसार यस इटहरी उप–महानगरपालिका क्षेत्रभित्र भौतिक योजना प्लानिङ्ग (जग्गा प्लटीङ्ग) गर्दा सो प्लानिङ्ग नगरपालिकाबाट अनिवार्य रुपमा स्वीकृत हुनु पर्ने ब्यवस्था रहेकोले सम्वन्धित सरोकारवालाहरुको जानकारीका लागि यो सूचना प्रसारण एवं प्रकासन गरिएको छ । प्लटिङ्ग जग्गामा निर्माण हुने घर तथा संरचना निर्माण स्वीकृतिको लागि नगरपालिकामा पेश गर्दा सो जग्गाको प्लटिङ्गको स्वीकृत प्लानिङ्ग समेत अनिवार्य रुपमा पेश गर्नु पर्ने र प्लटिङ्गको जग्गा खरिद विक्रि गर्नका लागि घरबाटो सिफारिस माग गर्दा सो जग्गाको प्लानिङ्ग स्वीकृति अनिवार्य रुपमा पेश गर्न समेत सम्वन्धित सबैलाई सूचित गरिएको छ ।

इटहरी उप–महानगरपालिका