FAQs Complain Problems

भवन निर्माण र जग्गा विकास सम्बन्धि निर्णय

निर्णय १- नेपाल सरकार संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयको मिति २०७२/०४/१९ को निर्णय अनुसार बस्ति विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धि आधारभूत मार्ग दर्शन ,२०७२ यहि मिति २०७२/०६/१० गते देखि लागु गर्ने साथै यस इटहरी उप-महानगरपालिका आफ्नै स्थानीय परिवेश र आवश्यकता अनुसार भवन निर्माण र जग्गा विकास सम्बन्धि बिस्तृत मापदण्ड तयार आगामी पौष मसान्त भित्र बस्ने नगर परिसदमा पेश गर्न इटहरी उप-महानगरपालिकालाई सुझाब दिने निर्णय गरियो |

निर्णय २ -  वैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यस पश्चात आएका  पराकम्पनका  कारण २०७२/०२/०४ गते देखि नेपाल सरकारले घर नक्सा पास गर्न स्थगित गरेकोमा इटहरी उप-महानगरपालिका गठन हुन अघि साबिकका गा.वि.स.मा निर्माण भएका घरहरु ०७२ असार मसान्त सम्मको समय अबधिलाई २०७२ पौष मसान्त सम्म साबिक बमोजिमको दर रेटमा घर नक्सा पास गर्नका लागि इटहरी उप-महानगरपालिका लाई सुझाब दिने निर्णय गरियो |

निर्णय ३- अन्य घर नक्साको हकमा साबिक अनुसार नै राजश्व लिन र बेस मेन्ट निर्माण कार्य लागि प्रति वर्ग फुट रू १० |- लिनका लागि उप-महानगरपालिकालाई सुझाब दिने निर्णय गरियो |