FAQs Complain Problems

बाढी तथा डुवानबाट कसरि बच्ने ?

बाढी तथा डुवानको  बेला निम्न कुराहरुमा ध्यान दिनुपर्छ:

  • बाढीबाट जोगिन नदी तटीय क्षेत्रमा बस्न हुन्न ।
  • होचो भूभागमा आवातजावत गर्न हुन्न । 
  • गाउँ र वस्तीमा बाढी आयो भने उचो भूभागमा जानुपर्छ । 
  • समूहमा बस्नुपर्छ ।
  • उचो भूभागमा जाने ठाउँ छैन भने आफ्नो घरको पहिलो, दोस्रो तल्ला वा छतमा बस्न सकिन्छ । छतमा पनि बस्न सक्ने अवस्था भएन भने बाहिरबाट गएका उद्धार टोलीलाई आफ्नो समस्या भन्नुपर्छ ।
  • संचारमाध्यमबाट आएको सूचनालाई आधार बनाएर सतर्क हुनपर्छ । 
  • सूचना अनुसार सुरक्षित ठाउँको पहिचान पहिले नै गर्ने र बाढी आइहाले त्यो ठाउँमा जानुपर्छ ।
  • ठूलो पानी परेपछि जमिन कमजोर हुने भएकाले भिरालो जमिनमा बस्दा उच्च सतर्कता अपनाउनुपर्छ । 
  • पहिले पहिरो गएका ठाउँमा फेरि पनि पहिरो जाने संभावना धेरै हुने भएकाले त्यस्ता ठाउँको पहिचान गर्नुपर्छ । 
  • आवातजावत कम गर्नुपर्छ । 
  • घर भत्किएर जनधनको क्षती हुने भएकाले घर बाहिर निस्किएर बस्नुपर्छ । 
  • ठूलो पानी परिरहे जोखिम युक्त क्षेत्र नजिक भए नसुती चनाखो भै बस्नुपर्छ  ।
  • महत्वपूर्ण कागज तथा सामाग्रीहरु झटपट झोलामा आफैसँग राखि जाेगाउनु पर्छ ।
  • बाढी पूर्वानुमान शाखाको पैसा नलाग्नेनम्बर ११५५ मा फोन गरेर कता बाढी जाँदैछ भन्ने थाहा पाउन सकिन्छ । 
  • जल तथा मौसम पुर्वानुमान विभाग(http://www.mfd.gov.np/)ले २४ सै घण्टा मौसमी गतिविधि अपडेट गरिरहेको छ । संम्भव भएसम्म त्यो सूचना नियमित लिनुपर्छ । 
  • बर्षातको समयमा हुन सक्ने सम्भाबित बाढी र डुवानबाट समस्या आइ परेमा यस इटहरी उपमहानगरपालिकाको हटलाइन नम्बर ०२५–५८०१०१ र ०२५–५८१७०६ सम्पर्क गर्न हुन अनुराेध छ ।

झरी पर्न थालेपछि कुन खोलामा कहिले बाढी आउँछ भन्ने बाढी पूर्वानुमान शाखाले अनुमान गर्छ र त्यहि अनुसार सतर्क रहन सम्बन्धित जिल्लाका नागरिकलाई अपिल गर्छ । तर पहिरो कतिबेला आउँछ भन्ने पहिले नै थाहा हुँदैन । तर पहिरोबाट पनि जोगिने उपाय भने छन् । यति गर्नाले केही हदसम्म भएपनि ज्यान जोगाउन सकिन्छ । विपतको बेलामा समूहमा बस्दा एकअर्कालाई सहयोग गर्न सजिलो हुन्छ । यस्तै सम्भव भएसम्म सञ्चार माध्यम र सूचना प्रवाह गर्ने निकायसँग नियमित सम्पर्कमा बसौं । यसले उद्धार तथा राहत वितरणमा सहज हुन्छ ।