FAQs Complain Problems

इटहरी उपहानगरपालिका कार्यालयको आधिकारिक वेब साइटमा तपाईहरुलाई हार्दिक स्वागत छ।

संक्षिप्त परिचय 

 

पुर्वाञ्चलको मुटु इटहरीको नामाकरण बारे खोज्दै जांदा यहांको आदिवासी चौधरी थारु हरुको बोलिचालीबाट यस ठांउको नामाकरण भएको बुढापाकाहरु बताउंछन। पुर्वाद्धदेखि नै यस ठांउमा ईटाको प्रयोग विभिन्न्ा प्रयोजनका लागी हुदै आएको थियो। त्यसैताका राणा शासनको समयमा शान्ति सुरक्षार्थ थाना, चौकी राखी अपराधीहरुलाई सजाय दिने नियतले ईट र काठ मिलाएर बनाइएको तुरुङ्ग खुट्टालाई चेपुवा भित्र राखेर सजाय दिने एक साधन निर्माण गरिएको थिए। यहांको आदीवासी चौधरीहरुको भाषामा ईट्टालाई ईट, र काठ लाइ हरी भनिने भएकोले उक्त इट र हरी मिलेर इटहरी नामाकरण रहन गएको बुढापाकाहरु बताउछन ।

मिति २०७१।८।१६ को नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्णयानुसार इटहरी नगरपालिका ,खनार गा.वि.स,पकली गा.वि.स,एकम्बा गा.वि.स र हासपोसा गा.वि.स मिलेर इटहरी उप-महानगरपालिका घोषित भएको थियो |

तथाङक जानकारी

इटहरी क्षेत्र भित्रको जनसंख्या विवरण

२०६८ को जनगणना अनुसार ३३७१४ घर धुरी १४०५१७ जनसंख्या

पुरुष ः ६६५६६

महिलाः ७३९५१

२०७८ को जनगणना अनुसार ५०३५० घर धुरी १९७२४१  जनसंख्या

  • पुरुष : ९३२९०
  • महिलाः १०३९५१

अवस्थित

अक्षांश :२६.६२ देखि २६.७४

देशान्तर :८७.२३ देखि ८७.३२

 

मौसम

मौसमः उष्ण मनसुनी हावापानी

  • तापक्रम अधिकतम २० ं देखी ३८ ं से48टीग्रेड र न्यूनतम १९ ं देखी २४ ं सेण्टीग्रेड
  • बार्षिक सरदर बर्षा २१० से.मी. प्रतिबर्ष

प्रशासनिक विभाजन

  • प्रदेश : १ 
  • अञ्चल : कोशी
  • जिल्ला : सुनसरी
  • सदरमुकाम : इनरुवा
  • जम्मा वडा २०

भाषा र धर्म

भाषा

  • बोलिने मुख्य भाषाहरु : नेपाली, थारु, मैथिली, राई, लिम्बु, नेवारी, तामाङ्ग, सुनुवार, हिन्दी
  • . धर्म
  • किराँत, हिन्दु, बौद्ध, मुस्लिम, क्रिश्चीयन आदि
  • मुख्य जातजातीहरु : ब्रामण, क्षेत्री, नेवार, राई लिम्बु, थारु, गुरुङ्ग, तामाङ्ग, मुसहर, मुसलमान सार्कि, दमाई, कामी, सेर्पा, मल्लिक(डुम), चमार आदि
  • मुख्य चार्डपर्व र मेलाः चाडपर्वः वडादशैं, भाइटिका, तीज, होली, श्रीकृष्णा जन्म अष्टमी, बुधपूर्षिमा, ल्होसार, छैट, रामनवमी, इद, वकरिद, रमजान, उभौली, उध्ौली, महपूजा, सिठीनखः आदि
  • जात्राहरुः सिरुवा मेला (कचना महादेव इटहरी ४), जितिया, चौठी चाँन्द, एकादशी, गोठाले, सुखराती
  • (दिवाली), सिरुवा, होली

दर्शनीय स्थलहरु

अन्य दर्शनीय स्थलहरु :

  • तालतलैयाः इटहरी वडा नं.२ र ३ को सिमानामा पर्ने प्राकृतिक मनोरम तालतलैयाहरु रहेका छन्।
  • काव्यबाटीका : इटहरी वडा नं. ५ मा रहेको कलात्मक भ्रमण स्थाल।
  • मेचीकाली पोखरीः इटहरी नगरपालिकाको प्राङ्गणमा रहेको यस पोखरीको वीचमा रहेको सिसमहल अनौठो प्राकृतिक दर्शनीय स्थल छ। डुंगा विहार सशुल्क माछा मार्न पाउने ब्यवस्था यसका थप विशेषता हुन।
  • कृष्ण प्रणामी धार्मीक वनः बुढीखोलाको किनारमा अवस्थित, कृष्ण प्रणामी मन्दिर धार्मीक वन एकपटक दर्शनीय छ। मानव धर्म सेवा मन्दिर, आइतबारे बप्तिस चर्च,
  • तरहरा कृषि फर्मः ब्यवस्थित कृषि प्रणालीका लागि हेर्नलायक स्थल।
  • मठमन्दिर : कृष्ण प्रणामी मन्दिर, राधाकृष्ण शिव मन्दिर, दक्षिणकाली मन्दिर, मनकामना मन्दिर, तलाउ भित्रको बुढासुब्वा मन्दिर,