FAQs Complain Problems

सामाजिक सुरक्षा भत्ता फिर्ता गर्ने सम्बन्धी सूचना ।

प्रस्तुत विषयमा नेपालको संविधानबमोजिम आर्थिक रुपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपाङ्गता भएका, बालबालिका, आफ्नो हेरचाह आफैँ गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकको सामाजिक सुरक्षाको अधिकार सुनिश्चत गर्नका लागि सामाजिक सुरक्षा भत्ता विभिन्न ऐन, नियमावली तथा कार्यविधिहरु तयार गरी सोहीअनुसार बैंक तथा वित्तीय संस्थामार्फत सम्बन्धित लाभग्राहीको नाममा खाता खोली उक्त खाताको माध्यमबाट भत्ता रकम वितरण गरिँदै आएको व्यहोरा सर्वविदितै छ ।

यस इटहरी उपमहानगरपालिकामा बसोबास गर्ने नेपाल सरकारबाट नियमित रुपमा पेन्सन वा अन्य सुविधा लिइरहेका केही लाभग्राहीहरुले सामाजिक सुरक्षा भत्ता पाउनका लागि निवेदन पेस गरेको र सामाजिक सुरक्षा भत्तासमेत बुझ्दै आएको भन्ने गुनासो प्राप्त भएको हुँदा सामाजिक सुरक्षा ऐन, २०७५ को दफा १५ बमोजिम, सरकारी कोषबाट नियमित तलब, भत्ता तथा निवृत्तभरण सुविधा पाइरहेको व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने स्पष्ट व्यवस्था भएको हुँदा यदि कसैको दोहोरो सुविधा हुनेगरि सामाजिक सुरक्षा भत्ता लिने लाभग्राहीको सूचीमा नाम दर्ता वा नवीकरण गरेको भए यो सूचना प्रकाशन भएको मितिले १५ दिनभित्र आफ्नो सम्बन्धित वडामा उपस्थित भई सामाजिक सुरक्षा भत्ता बापत बुझेको रकम फिर्ता गर्नु/गराउनु हुन सम्बन्धित सबैमा सूचित गरिन्छ । अन्यथा ऐनको दफा २१ को उपदफा (२) तथा सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि, २०७७ को दफा ३३ को उपदफा (३) बमोजिम भुक्तानी लिएको रकम असुलउपर गरी बिगो बराबर जरिवानासमेत हुने भएकाले तोकिएको मितिभित्र रकम फिर्ता गर्नु/गराउनु हुन सम्बन्धित सबैमा यो सूचना प्रकाशित गरिएको छ ।

सामाजिक सुरक्षा भत्ता फिर्ता गर्ने सम्बन्धी सूचना ।