साबिक इटहरी नगरपालिका भित्र नक्सा पास नगरी निर्माण भएका वा तला थप गरिएका भवनहरु मापदण्ड पुरा गरी निर्माण भएको हकमा मात्र एकपटकको लागि नगर परिषद्को निर्णय बमोजिमको जरिमाना लिई नक्सा पास गरिने भएकाले २०७३ असार मसान्त भित्र नक्सा पासको प्रक्रियामा आउन सबै नगरबासी महानुभावहरुमा अनुरोध गरिन्छ|
प्रस्तुत बिषयमा जिल्ला विकास समिति सुनसरीको आगामी आ.ब २०७३/०७४ को जिल्ला परिषदका लागि यस उपमहानगरपालिका क्षेत्रमा पर्ने इलाका नं ५ र ९ को निम्ति मिति ,समय र स्थानमा इलाका स्तरीय योजना तर्जुमा गोष्ठी हुने भएको हुदा सहभागिताका लागि जिल्ला विकास समिति कार्यालयको पत्रअनुसार अनुरोध गरिन्छ |
प्रस्तुत विषयमा यस इटहरी उप-महानगरपालिकाको लागि आगामी आ.ब. २०७३।०७४ को बजेट कार्यक्रम, नगरपरिषद् सम्वन्धि छलफल र बजेट तयारीका लागि निम्न मिति, समय र स्थानमा बैठक राखिएको जानकारी सहित उक्त बैठक तथा कार्यक्रमहरुमा सहभागीताका लागि अनुरोध गरिन्छ।
यस इटहरी उपमहानगरपालिका कार्यालयलाई देहायका सेवाहरुको प्रतिस्पर्धाका आधारमा सेवा करार लिनुपर्ने भएकाले इच्छुक ब्यक्तिहरुले देहायका शर्तहरुको आधारमा रही यो सूचना प्रकाशन भएको मितिले १५ दिन भित्र आफुले प्रदान गर्ने सेवा, सेवा प्रदान गरे बापत लिने परिश्श्रमिक लगायत निम्न कुराहरु उल्लेख गरेर गोप्य शि
इटहरी उपमहानगरपालिका कार्यालयले बिगत दिनहरुमा गर्दै आएको सार्वजनिक सुनवाई कार्यक्रम निम्न मिति , समय र स्थानमा आयोजना गरिने भएको हुदा उक्त सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी भई आफ्नो रचनात्मक र सिर्जनात्मक सुझाव सहित यस उप-महानगरपालिका कार्यालयले कार्य सम्पादनलाई व्यस्थित छिटो.छरितो , पारदर्शी ब